विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा हुने आजको उद्घाटन खेलमा मोरङ फुटबल क्लब र जगदम्बा लुम्बिनीले प्रतिष्पर्धा गर्दैछन् । फाल्गुन ७ गतेसम्म हुने प्रतियोगितामा नेपाली ८ र भारतीय दुई गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ–मर्स्याङदी, थ्रीस्टार, जगदम्बा लुम्बिनी, मोरङ फुटबल क्लब र झापा–११ सहभागी छन् ।
त्यस्तै, भारतका कोलकाताको जर्ज टेलिग्राफ टिम र युनाइटेड सिक्किम रहेका छन् । प्रतियोगिताको विजेताले ५ लाख एक हजार तथा उपविजेताले तीन लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सन्चालन गर्न करिब ९० लाख खर्च हुने अनुमान आयोजकको छ ।
विराट गोल्डकप आजदेखि






