नेपालकै होचा कलाकार दीपेन शाहको निधन

काठमाडौं- नेपालकै सबैभन्दा होचा कलाकार भनेर चिनिने दीपेन शाहको निधन भएको छ । दुवै खुट्टामा बोनम्यारो (हड्डीभित्रको मासी)को कमीका कारण बिरामी परेका शाहको उपचारका क्रममा बिहीबार बिहान किष्ट अस्पतालमा निधन भएको हो ।

चर्चित हाँस्य टेलिश्रृंखला ‘झ्याँइकुटी झ्याँइ’ बाट दिपेन सरको रुपमा परिचय स्थापित गराएका दिपेन शाह नेपालकै होचा कलाकार मानिन्छन् । कलाकार शाह २०५५ साल जेठ २४ गते दोलखाको भिमेश्वर नगरपालिकास्थित मकैबारीमा जन्मनुभएको थियो ।

उहाँको पार्थिव शरिरलाई चलचित्र विकास बोर्डमा राखिने र शव र्यालीपछि आजै दाहसंस्कार गरिने दिपेन शाह फाउण्डेशनका अध्यक्ष शेखर खनालले जनाकारी दिनुभयो ।