चुनावी अभियानका क्रममा प्रधानमन्त्री देउवा गृह जिल्लामा

काठमाडौं- चुनावी अभियानका क्रममा पश्चिम नेपालमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार गृह जिल्ला डडेल्धुरा पुग्नुभएको छ । बुधबार कैलालीमा भएको चुनावी सभालाई संवोधन गर्न धनगढी पुग्नुभएका प्रधानमन्त्री देउवा बिहीबार बिहान डडेल्धुरामा पुग्नुभएको हो ।

डडेलधुराबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवारसमेत रहुन भएका देउवाले बिहीबार दिउँसो एक बजे सदुरमुकाममा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुहुनेछ । डडेल्धुरामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गरिएको यो पहिलो आमसभा हो । बिहीबार नै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चल क्षेत्रका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग शान्ति, सुरक्षाका बारेमा छलफल गर्नुहुने बताइएको छ ।

उहाँले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ भने मंसिर २ गते बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।