एजेन्सी- रक्षामन्त्री फालनले आकश्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका बिबिसीले जनाएको छ ।
रक्षामन्त्री फालनले राजीनामाको कारण भने खुलाएका छैन । फालन विरुद्ध १५ वर्ष अघि एक महिला पत्रकारलाई अभद्र व्यवहार गरेको आरोप लागेको थियो । फालनले आफ्नो विगतको व्यवहारप्रति क्षमा समेत माग्नु भएको छ ।
रक्षामन्त्री फालनले गएको साढे तीन वर्षसम्म बेलायतको रक्षा मन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताउन्भएको छ ।






