पोखरा । ३ भारतीय सुटरसहित १ नेपालीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी छ ।
उनीहरुलाई सादा पाेसाकमा गएका प्रहरीले प्रक्राउ गरेका थिए ।
प्रहरीले उनीहरुसँगै अर्का १ जना नेपालीलाई पनि नियन्त्रणमा लिएको छ । यद्यपि, ती नेपालीको पनि परिचय खुलाइएको छैन । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।






