गोरखालीलाई भेडाबाख्रा नठान्न बाबुरामलाई नारायणकाजीको चेतावनी

गोरखा- नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाली जनतालाई भेडा बाख्रा जस्तो नठान्न डा.बाबुराम भट्टराईलाई चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का उमेदवारसमेत रहनु भएका श्रेष्ठले चुनावी अभियानका क्रममा शुक्रबार गोरखाको पालुङटारमा आयोजित मतदाता भेटघाट कार्यक्रममा डाक्टर भट्टराई अवसरवाद, विक्रित र व्यक्तिवादी भएको भन्दै गोर्खाली जनतालाई पटकपटक धोका दिएको आरोप लगाउनुभयो ।

उता डा.बाबुराम भट्राईले भने बारपाकमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नारायणकाजी श्रेष्ठलाई माओवादी नै नभएको आरोप लगाउनुभएको थियो ।