नयाँ नेतृत्व चयनका लागि मतदान सकियो, १३ महाधिवेशन प्रतिनिधि अनुपस्थित

12825166_10207221891376833_801760538_nकाठमाडौं– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आइतबार साँझ मतदान सकिएको छ ।

निर्वाचन अधिकृत धर्म खनालका अनुसार ३ हजार १ सय ४८ मत खसेको छ । कांग्रेसमा कुल मतदाता ३ हजार १ सय ६१ थिए । १३ जनामात्रै अनुपस्थित रहे ।
बिहान ८ भनिए पनि सवा ९ बजेबाट सुरु भएको मतदान साँझ ७ बजे सकिएको हो ।

मतदान सकिएपछि पहिले सभापतिको मतगणना गरिने छ । करिब १० बजेबाट सभापतिको मतगणना सुरु हुने र बिहान ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान छ ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जना महाधिवेशन प्रतिनिधिहरु मतदान गर्न नपाएपछि निर्वाचन कार्यालयमा धर्ना बसेका छन् ।