एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी, कुमार पन्त र कुल आचार्य उपाध्यक्ष, बद्रि पुन: महासचिव

  • शिव भण्डारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको ग्लोबल सम्मेलनबाट भट्ट अध्यक्ष निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट निर्वाचित भएका हुन्। अध्यक्ष दाबेदार टीबी कार्की अन्तिम स्पर्धाबाट पछि हटेपछि भट्ट र गुरुङबीच प्रतिस्पर्धा भएको थियो । भट्ट २०१५–१७ को कार्यकालमा उपाध्यक्ष थिए ।

उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा. बद्रि केसी, सचिवमा जानकी गुरुङ र डीबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत कार्की र सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित भए ।