पोखराको फेवातालमा ६ वटा प्यारागाइडिङ खसे

काठमाडौं– कास्कीको सराङकोटबाट उडेका ६ वटा प्यारागाइडिङ तीब्र हावाहुरीका कारण फेवातालमा खसेका छन् ।
५ पाइलट र ६ यात्रुसहित उडेको प्याराग्लाइडिङ तीब्र हावाहुरीका कारण फेवातालमा खसेको हो ।
यद्यपी सबै यात्रु र पाइलटलाई सकुशल उद्दार गरिएको छ ।

नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको दाबी गरे । उनले उनले प्याराग्लाइडिङ फेवातालमा आफैं कसेको नभई प्रतिकूल मौसमका कारण यात्रुको सुरक्षाका लागि फेवातालमा अवतरण गराइएको बताए ।