भक्तपुर – अघिल्लो बर्षको तुलनामा यसवर्ष रुपान्तरित एसईई परीक्षाको नतिजा खराब आएको छ । गतबर्ष चार लाख ३७ हजार ३२६ जनाले दिएको परीक्षामा ३.६५ देखि ४ ल्याउने १६ हजार ४४५ जना रहेका थिए भने यो बर्ष १२ हजार २८४ जनामात्र यो ग्रेड ल्याउन सफल भएका छन् । यसवर्ष अघिल्लो बर्ष भन्दा ८ हजार २३८ जना बढिले दिएको एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रतिशतका आधारमा भने कम आएको हो ।
यस बर्ष ४ लाख ६२ हजार १ सय ३६ मध्ये नियमित तर्फ ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३.६ देखि ४ ग्रेड (जीपीए) १२ हजार २ सय ८४ जनाले प्राप्त गरेका हुन् ।
यस्तै, ३.२५ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ जना छन् । यो ग्रेडमा अघिल्लो बर्ष ९.५ प्रतिशत आएकोमा यसवर्ष ९.५२ पुगेको छ । यसमा प्वाइन्ट दुई प्रतिशतले नतिजा बढेको छ ।
त्यस्तै २.८ देखि ३.२ जीपीसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने १ लाख ८ हजार ४ सय ६४ विद्यार्थी छन् ।
यो वर्ष सवैभन्दा धेरै १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ जना विद्यार्थी छन् । यो ग्रेड ल्याएर उर्तिण हुने विद्यार्थी सवैभन्दा बढि छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।
परीक्षामा सामेल भएका मध्ये २१९ जनाको परिक्षा रद्ध भएको छ ।
सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने गरि व्यवस्था मिलाएको परीक्षा बोर्डले जनाएको छ ।






