माल्टामा तेज बहादुर लिम्बुको अध्यक्षता एनआरएनको ८० औ शाखा विस्तार

माल्टा – गैर आवासीय नेपाली संघ (एनआरएनए ) माल्टामा पनि गठन भएको छ । माल्टामा एनआरएनको ८०औ शाखा विस्तार भएको हो । एनआरएन उपाध्यक्ष कुमार पन्तको प्रमुख उपस्थितिमा भएको भेलाले तेज बहादुर लिम्बुको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको हो ।

उपाध्यक्षमा रेमलाल खनाल, कृष्ण थापा, महासचिव सन्देश केसी, सचिव शंकर पोखरेल, कोषाध्यक्ष सदिन पोखरेल, सहकोषाध्यक्ष सरिता राई चयन भएका छन्  ।

साथै भेलाले महिला संयोजक सुस्मा राई, युवा संयोजक रोसन गिरी र सदस्यहरुमा शुसिल अधिकारी, वासुदेव अधिकारी, राजिव दाहाल, शंकर खत्री, कुश कुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता शेढाई, निरज ढकाल, प्रदीप काफ्ले, शिव शंकर राय, अर्जुन पौडेल, दिपक खनाल, विरेन्द्र घिमिरे, मनिष अर्याल, अर्विन पौडेल चयन गरेको छ ।

एनआरएन माल्टामा शाखा गठन गर्न एनआरएन आइसिसी उपाध्यक्ष कुमार पन्त, सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन युरोप संयोजक शिव कुमार बरुवाललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *