२१ स्थानको नतिजा सार्वजनिक

काठमाडौँ- स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तरगत दुई नम्बर प्रदेशमा गत सोमबार भएको मतदानको परिणाम आइरहेको छ । अहिलेसम्म २१ स्थानको नतिजा आइसक्दा सबैभन्दा अगाडि नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ८ स्थानमा जित हात पार्दा नेकपा एमालेले चार स्थानमा जित निकालेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले अहिलेसम्म तीन स्थानमा जित दर्ता गराउन सफल भएको छ । भने संघीय समाजवादी फोरम, राष्ट्रिउ जनता पार्टी र लोकतान्त्रिक फोरमले दुई–दुई स्थानमा जित दर्ता गराएका छन् ।