काठमाडौँ- नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको सामान हराउने तथा लगेजमा टुटफुट हुने क्रममा उल्लेख्य कमी आएको बताएको छ ।
विदेशबाट नेपाल फर्कने यात्रुहरुको सामान हराउने तथा लगेज खोलिएको घटना बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल इकाइले जानकारी गराएको छ । यात्रुहरुको गुनासोलाई मध्य नजर गरि विमानहरु ल्यान्डिङ हुनासाथ लोडरहरुलाई निगरानी बढाएपछि सामान हराउने क्रममा उल्लेख्य कमी आएको त्रिभुवन विमानस्थलका प्रमुख डिआईजी पंकज श्रेष्ठले जानकारी गराए ।
विमान ल्याण्डिङ भएपछि सामान सार्ने क्रममा कार्यरत कर्मचारीले तीव्र गतिमा यात्रुको सामान खोतल्ने र निकाल्ने गरेको पत्ता लागेको डिआइजी श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार विमानस्थलमा कार्यरत फरक फरक कम्पनीका कर्मचारीहरु उक्त कार्यमा सक्रिय रहेको भेटिएको हो ।






