नेकपा एमालेले आज केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ । मध्यान्हपछि पार्टी कार्यालय बल्खुमा बस्ने स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न लागेको हो । एमाले प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले महाधिवेशनपछि बाँकी नेताहरुको कार्यविभाजनबारे आज छलफल हुने जानकारी दिनुभयो । बैठकमा संविधान निर्माण, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।
एमालेले कार्य विभाजन गर्ने






