नेकपा (एमाओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले दुई तिहाइको दम्भबाट संविधान निर्माण गर्न खोजिए त्यसले मुलुकमा राजनीतिक सङ्कट चुलिने बताउनुभएको छ । सो दलद्वारा आज यहाँ आयोजित नागरिक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “दोस्रो जनआन्दोलन र जनयुद्धको उपलब्धिको रक्षाका लागि सहमतिबाटै संविधान लेखिनुपर्छ ।”
उहाँले क्रान्तिको मुद्दा छाडेर जस्तो पायो त्यस्तो संविधान लेख्न खोजिएको होइन भन्दै मिलेर संविधान लेखौँ, सहमति खोजाँै, छलफल गरौँ भन्नु भयो । आफ्नो दल संविधानसभाबाट भागेको छैन, संविधानसभाबाट संविधान लेख्नुपर्छ भन्ने पक्षमा नै छ भन्दै नेता भट्टराईले तर, एकपक्षीय बलमिच्यार्इंबाट संविधान जारी गर्न खोजिए आन्दोलनबाहेक अरु विकल्प आपूmहरुसँग नरहने बताउनुभयो ।
यता तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले सत्तापक्षले प्रश्नावली फिर्ता लिएमात्र वार्ता सम्भव हुने बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले सहमतीय आधारमा संविधान बनाएमात्र वार्ता हुन सक्ने उल्लेख गर्नु भयो ।
उहाँले आन्दोलन आफ्नो ठाउँमा जारी नै रहने जिकिर गर्दै हाम्रो बटमलाइन भनेको लोकतान्त्रिक समावेशी र पहिचानसहितको संविधान भएकाले विवादित विषयमा सहमतीय आधारमा समाधान खोज्नु पर्छ भन्नु भयो ।
सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो – “मधेसको सम्बन्धमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दिने गरेको अभिव्यक्ति आपत्तिजनक हो, त्यसकारण उहाँको अभिव्यक्तिको विरोध एमालेभित्रै हुने गरेको छ ।” पछिल्लो केही दिनयता विभिन्न पार्टीको वार्ताका लागि टेलिफोनमा कुराकानी हुने गरेको उहाँले बताउनुभयो ।
संविधानसभाबाट नै संविधान






