काठमाडौँ- नेकपा एमालेले प्रदेशसभा समानुपातिकतर्फको सदस्यका नामावली टुंगो लगाएको छ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी समिति बैठकले प्रदेशसभामा पार्टीका तर्फबाट समानुपातिकमा जाने ७५ जनाको अन्तिम टुंगो लगाएको हो।
सो सूची शुक्रबार आयोगमा बुझाइने बताउँदै सचिव योगेश भट्टराईले एमालेको प्रदेशसभामा प्रत्यक्षबाट १६८ र समानुपातिकतर्फबाट ७५ गरी २४३ सदस्यले प्रदेशसभामा प्रतिनिधित्व गर्ने बताए।
करिब पाँच घण्टासम्म चलेको बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवालीलगायत अधिकांश स्थायी कमिटीका नेताको सहभागिता थियो।
प्रदेशसभा समानुपातिकतर्फको सदस्यहरु
प्रदेश १
विनादेवी राई
सावित्री जोशी
उषाकला राई
कृष्णकुमारी राई
पदमकुमारी गुरुङ
होम कुमारी साँवा
आशारत्न जबेगु
यशोदा अधिकारी
अम्बिका थापा
सरिता थापा
सावित्रा कुमारी रेग्मी
सुनिता कुमारी चौधरी
जसमाया गजमेर ९विश्वकर्मा०
वसन्ती देवी यादव
गुलेफुन मियाँ
प्रदेश २
सिता गुरुङ
रविन्द्र बैठा धोवी
डा. मनोज कुमार सिंह
जकतारैन देवी सुडिन साह
अनिता कुमारी यादव
मञ्जुकुमारी यादव
हसिमा खातुन
प्रदेश ३
बेलिमैया घले
जुनेलीमाया श्रेष्ठ
सरस्वती बाटी
शान्ति थिङ
देवकी श्रेष्ठ (वान्तवा)
इन्द्रमाया गुरुङ
सिता लामा
आशमाया तामाङ
उर्मिला कर्माचार्य
रचना खड्का
मुनु सिग्देल
सरस्वती बस्नेत
गोमा भूर्तेल
मिना ज्ञवाली (नेपाल)
पार्वती सिलवाल
मैना अछामी सार्की
प्रदेश ४
चन्द्रमोहन गौचन
मित्रकुमारी गुरुङ सुवेदी
सावित्रा राना
मिना गुरुङ
मायानाथ अधिकारी
श्रृजना शर्मा
प्रभा कोइराला
पुष्पा केसी भण्डारी
लक्ष्मी सुनार
जुनादेवी नेपाली
प्रदेश ५
रमा घर्ती
थानकुमारी थापा चापागाइँ
विमला शर्मा पन्थी
सरस्वती गौतम
जालपा भुसाल
भगवती देवी भण्डारी
कृष्णी थारु
धमकली चौधरी
कमलादेवी वि.क.
ढाँटी सुनार भन्ने आशा स्वर्णकार
सुनिता कुमारी ठठेर
चिन्तावती कुर्मी
फौजिया नसिम
प्रदेश ६
मिनासिँह रखाल
बदमी क्वारी बोहोरा
पद्मा खड्का
देवी ओली
कौशिलावती खत्री
राजु नेपाली
प्रदेश ७
माया भट्ट
मनाकुमारी साउद (मिना)
पूर्णा जोशी
माया तामाङ बोहरा
सुशीला बुढाथोकी
चुनकुमारी चौधरी
अर्चना गहतराज
दुर्गा बि.क.






