गीत गाउन थालेको २१ वर्ष भयो। नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएपछि विवाह गरेकी रेखा शाहका छोरा १५ वर्षको भइसके। तापनि रेखाको फिजिकल फिटनेस एवं स्टाइल टिजएजरको जस्तै लाग्छ।
यही विशेषताका कारण उनलाई प्रेम प्रस्तावमात्रै होइन, विवाह गरौं भन्नेहरू प्रसस्त छन्। ‘कतिले विवाह भएको छ कि छैन भनेर सोध्छन्। यति वर्षको छोरो छ भन्छु। बच्चा भएर के भयो र विवाह गरौं पो भन्छन्’, रेखा भन्छिन्।
‘द लाइन’, ‘स्मृति’, ‘आकृति’ र ‘रेखा’ गरी चारवटा एकल एल्बम श्रोतामाझ ल्याइसकेकी उनी ‘सिमसिमे पानीमा’ बोलको गीतबाट चिनिएकी हुन्। २०४९ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीत सर्वाधिक चर्चित र सदाबहादर लोकगीतमा गनिन्छ।






