नेपाली कांग्रेसका शीर्ष नेताहरुले एमाओवादीमा संविधान निमार्णबारे चिन्तन नै नभएको आरोप लगाएका छन् । वीपी स्मृति अस्पतालको सातौं वार्षिकोत्सव कार्यक्रममा शनिबार नेताहरुले विषयवस्तुमा राम्रोसँग छलफल गर्न नचाहानुले एमाओवादी संविधान निमार्णमा गम्भीर नदेखिएको आरोप लगाएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधान निमार्णबारे अन्तिम बहस चलिरहेको भन्दै विवादित विषयमा के छोड्ने के लिने बहस जारी रहेको बताए ।
उनले मुलुकको कुल बजेट १५/१६ प्रतिशत रकममात्र सहि काममा प्रयोग भएको र अन्य बजेट बालुवामा पानी खन्याएको जस्तै अवस्था रहेको बताए ।
कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले विवादित भनिएका राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा अघिल्लो संविधानसभामा एमाओवादीले भनेजसरी मान्दापनि उसको बहुमत हुँदा समेत संविधान नबनाएको भन्दै अहिले आफूहरुले भनेजसरी एमाओवादीले मान्नुपर्ने बताए ।
उनले एमाओवादीका नेताहरु संविधान बन्न नदिने र सक्ताको लुछाछुडीमा लागेको बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. शसांक कोइराला, पुष्पा भुषाल, अस्पताल सन्चालक समितिका अध्यक्ष डा. केदारनरसिंह केसीलगायतकाले स्वास्थ्य सेवामा जनताको सहज पहुँच पुर्याउनुपर्ने बताए ।
कार्यक्रमका वक्ताहरुले वीपीको नाममा स्थापित अस्पतालले वीपीले स्वास्थ्यका बारेमा देखेको सपनालाई साकार बनाउन लाग्ने विश्वास व्यक्त गरे ।
एमाओवादीविरुद्ध कांगे्रस खनियो






