विमल घर्तीमगरकी बहिनी मृत भेटिइन्

manisaकाठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनीषा घर्तीमगर बर्दघाट नगरपालिका- ११ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

शंकस्पद अवस्थामा घरमा मृत अवस्थामा फेला परेको उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल ल्याइएको छ ।

नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनीषा घरको खाटमा मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीलाई छिमेकीले जानकारी गराए अनुसार मनीषा घरमा एक्लै भएको अवस्थामा एकजना केटा घरमा आएको र उनीहरूबीच झगडा परेको थियो । झगडा गरेर केटा बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् ।