- शिव भण्डारी
लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय समिति यूकेको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । दुई प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् ।
नेतृत्वका लागि फगामी, कृष्ण तिमल्सेना र हिराधन राईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि फगामीले सहजै नेतृत्व हात पारे । फगामीले अर्का उम्मेदवार तिमल्सेनालाई ३८६ मतअन्तरले पराजित गरे । फगामी १२९८, कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत पाए ।
एनआरएनए यूकेको निर्वाचनमा सबैभन्दा पपुलर मत आईसीसी सदस्यमा शान्ति थापाले पाइन् । उनले १८०७ मतसहित एनआरएन यूकेको सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवारमा गणना भएकी छन् ।
कार्यसमितिमा भने उपाध्यक्ष पुनम गुरुङले पपुलर मत पाइन् । ६ जना निर्वाचित हुने उपाध्यक्ष पदमा पुनम १६११ मतसहित पपुलर रहिन् ।
अधिकांश उम्मेदवारबीच टक्कर चलिरहँदा उपाध्यक्ष पदकै उम्मेदवार डा. दिलिपकुमार यादव भने सबैभन्दा कम मतमा चित्त बुझाउने उम्मेदवार भएका छन् । उनले मात्रै ३६५ मत पाए । दिलिभन्दा केही बढी मत पाएर सदस्य पदका उम्मेदवार पर्शुराम पाण्डे पनि कम मत पाउनेको सूचीमा परेका छन् । उनले ४१५ मत पाए ।
निर्वाचनको अन्तिम मतपरिणाम चाँही यस्तो रह्यो
अध्यक्ष
योगकुमार फगामी १२९८ (विजयी)
कृष्ण तिमल्सेना ९१२
हिराधन राई ५६०
आईसीसी सदस्य
शान्ति थापा १८०७ (विजयी)
जयप्रकाश गुरुङ १२४१ (विजयी)
कुमारी गुरुङ ११६१ (विजयी)
चिरन शर्मा ७६८
अर्जुन कटुवाल ७३६
उपाध्यक्ष
पुनम गुरुङ १६११ (विजयी)
शेर सुनार १४३३ (विजयी)
डा. प्रेम आले १२६८ (विजयी)
सुशीला राई १२०९ (विजयी)
ललित न्यौपाने ११०८ (विजयी)
प्रेम गाहा मगर १०४९ (विजयी)
राष्ट्र राई ९८८
दयानिधि सापकोटा ९५७
दीपक क्षेष्ठ ८६२
भोला खनाल ४३३
डा. दिलिपकुमार यादव ३६५
महासचिव
राजकुमार त्रिपाठी १०४० (विजयी)
फडिन्द्र भट्टराई ८२७
खुसी लिम्बू ६८२
उपमहासचिव
विनय अधिकारी १०५९ (विजयी)
कृष्ण तिवारी १०२२
सचिव
तारानाथ भण्डारी १४५१ (विजयी)
नारायण गाउँले १३६६ (विजयी)
सुरोज मास्के ११८८ (विजयी)
सुनिलबाबु खड्का ९८८
कोषाध्यक्ष
सचिन श्रेष्ठ ७७९ (विजयी)
महेश गिरी ६७०
शालिक सापकोटा ६०८
सहकोषाध्यक्ष
गजेन्द्र गुरुङ १२६५ (विजयी)
सुरज पौडेल ८६१
युवा संयोजक
लालबहादुर (एलबीजेड) गुरुङ १३०५ (विजयी)
कुमार थापा ९८७ (विजयी)
राजन खकुरेल ८९६
वीरेन्द्र श्रेष्ठ ६२५
सदस्य
अर्कराज तिम्सिना ११८३ (विजयी)
गंगाबहादुर राना ११७८ (विजयी)
विमला लिम्बू ११२४ (विजयी)
डेबिन्द्र थापा १०९९ (विजयी)
मुकेश राना १०५० (विजयी)
पवन राई १०२४ (विजयी)
पवन शर्मा ९९० (विजयी)
होमनाथ पौडेल ९८८ (विजयी)
जीतबहादुर रानाभाट ९४५ (विजयी)
कोलेश्वर ढकाल ८७०
मनीष खड्का ८१२
कमल कँडेल ७६४
तिलकराम भट्टराई ७१३
विष्णु खरेल ५६७
पर्शुराम पाण्डे ४१५






