लण्डन । साउथ ईस्ट लण्डन क्षेत्रका भूतपूर्व गोर्खाहरुको संगठन ग्रिनविच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) का एक सदस्यको निधन भएको छ। जिगेसा समाजका सदस्य नम्बर ५१३ घन सिंग गुरुङको पित्त क्यानसरको कारणले मृत्यु भएको हो।
गुरुङको मे ११ का दिन बिहान करीब १ बजे मृत्यु भएको एनआरएनए आइसिसि सदस्य लिला देबि गुरुङले जानकारी दिनु भयो ।
गुरुङ भूतपूर्व गोरखा सैनिक हुन। उनको आर्मी नम्बर 21142668 WO2 रहेको छ । कोभिड-१९ को कारणले गर्दा जिगेसाको कार्यलय बन्द हुने हुँदा कुनै पनि सदस्यलाई भेटघाटको कष्ठ नगर्न समेत समाजले अनुरोध गरेको छ । यो दुखद समयमा समाजको भाईबरमा समबेदना बाहेक कुनै पनि खबर नपठाउन समेत आग्रह गरेको संस्थाकी पूर्व अध्यक्ष लिलादेवी गुरुङले जानकारी दिनु भयो।






