लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को उपमहासचिवमा विनय अधिकारी १०५९ मत पाएर निर्वाचित भएका छन् ।
युवा व्यवसायी अधिकारीले संघमा आफु धेरै काम गर्ने इच्छासहित मैदानमा उत्रिएको बताउदै आफ्नो व्यवसायिक र शैक्षिक दक्षता उपयोग गर्ने प्रतिवद्धतासहित मतदातासंग भोट माग्ने क्रम तीव्र बनाएका थिए ।
एनआरएन यूकेको अधिवेशनबाट उपमहासचिव निर्वाचित भएलगत्तै लन्डन नेपाल न्यूज डट कमलाई प्रतिक्रिया दिंदै उनले मतदातालाई धन्यवाद दिएका छन् । ‘मतदाताको भावनाअनुसार निर्वाचित भएकोमा म धन्यवाद दिन चाहन्छु ।’






