नवनिर्वाचित महासचिव त्रिपाठी भन्छन्– कोही हारेको छैन

लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका नवनिर्वाचित महासचिव आरके त्रिपाठीले निर्वाचनबाट कोही पनि नहारेको प्रतिक्रिया दिएका छन् ।

एनआरएन यूकेको अधिवेशनबाट महासचिव निर्वाचित भएलगत्तै लन्डन नेपाल न्यूज डट कमलाई प्रतिक्रिया दिंदै उनले मतदातालाई धन्यवाद दिएका छन् । ‘मतदानमा उपस्थित भएर एकबद्धरुपमा अधिवेशन भएको थियो,’ उनले भने, ‘मतदाताको भावनाअनुसार निर्वाचित भएकोमा म धन्यवाद दिन चाहन्छु ।’

सबै उम्मेदवारको जीत भएको भन्दै उनले भने, ‘जीत सबैको कोही हारेको छैन, गणितमा कम अंक आए पनि सबैको जीत भएको छु ।’

उनले पूर्वअध्यक्ष, सल्लाहकार, मतदातालाई धन्यवाद दिएका छन् । उनले समृद्ध नेपाल बनाउन साझा प्रयत्न गर्ने बताए ।