शेरबहादुर प्रधानमन्त्रीका भोका, त्यागी हुन जानेनन् : रामचन्द्र पौडेल

युएई- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललले पार्टी सभापति शेरबहादुर देउवालार्इ प्रधानमन्त्रीका लागि भोका व्यक्तिको संज्ञा दिनुभएको छ ।

नेपाली जन सम्पर्क समिति युएईले देह्राको कल्टन टावरमा गरेको अन्त्रक्रिया कार्यक्रम बोल्दै नेता पौडेलले शेरबहादुर देउवालार्इ प्रधानमन्त्रीको भोगी भएको बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहेका पौडेलले नेता त्यगी हुनुपर्ने बताउनुभयो । ‘एउटै व्यक्ति चार चार पटक प्रधानमन्त्री हुँदा अन्य व्यक्तिको क्षमता देख्न पाइँदैन’, उनले भने, ‘देउवाजी तपाईँ त्यागी हुन सिक्नुस् ।’

नेपाली जन सम्पर्क समिति युएईका सभापति खेमराज बस्नेत को सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता चन्द्र भण्डारी, जन सम्पर्क समिति युएईका संस्थापक अध्यक्ष चित्र केसी, नेपाली जनसम्पर्क समिति साउदी अरबका सस्थापक अध्यक्ष राजु सैयद र सल्लाहकार मनोज गोर्खाली लगायतले बोलेका थिए ।