केशब भण्डारी, पिटरबोरो
साझा नेपाली समाज यूकले महिलाहरूको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गत सोमबार अगस्ट २१ तारिक नटिंघाममा पिटरबोर,लेस्टर, बर्घिघम औल्भरहाम्टन.
नाटिंघम ,ग्रान्थम लगायत वरिपरिका दिदीबहिनीहरूलाई सामूहिक दर खुबाउने पार्टी भव्य रूपमा सफल भयो ।
साथमा राष्ट्रीय कलाकार सन्तु थापा, रूपा घर्ति मगर र ढाकाराम पौडेलको विशेष प्रस्तुतिमा बिभिन्न झेत्रबाटका दिदीबहिनी आपसमा रमाईलो गर्दै नाच्दै आत्मीयताका साथ तीज मनाउनु भयो । सो दिन नटिंघाम सिटी नै तीजमय भएको थियो ।
करिव चार सय दिदीबिहनीहरूलाई निःशुल्क दर खुबाएको सो कार्यक्रमा सहभागि दुई सय जति दाजूभाईबाट मात्र शुल्क लिएको थियो । यस झेत्रका समाजसेवीबाट कार्यक्रम सफल बनाउन सक्दो आर्थिक सहयोग गरिएको थियो । कार्यक्रम व्यवस्थापन नटिंघाम नेपाली समाजले गरेको थियो भने एभरेष्ट भान्साघर नेपाली रेस्टुरेन्टले मीठो नेपाली परिकारको खाना खुबाएको थियो ।
साझा नेपाली समाजका अध्यक्ष रण बहादुर केसीको सभापतित्वमा भएको सो कार्यक्रम प्रमुख अतिथि पूर्व क़ानून मंत्री हरि न्यौपाने हुनुहुन्थ्यो ।
बिभिन्न संस्थाका दिदीबहिनीहरूले आ-आफ्नो तीजको गीतको नृत प्रस्तुत गरी कार्यक्रमलाई विविधता दिनु भएको थियो ।
मिडल्याण्ड क्षेत्रको प्रतिनिधित्व गर्दै आसन्न एनआरएन यूके अधिवेशनमा उपाध्यक्ष, सचिव र सदस्यका दावेदार क्रमश दयानिधि सापकोटा, तारा भण्डारी र पविन शर्माले सबैलाई तीजको शुभकामना दिनु भएको थियो ।
साझा नेपाल समाज महासचिव हरिकृष्ण कार्कीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि हरि न्यौपाने, साझा नेपाली समाजका अध्यक्ष रण केसी, संस्थापक अध्यक्ष शंकर भण्डारी, वर्तमान उपाध्यक्ष महेश अधिकारी,महिला संयोजक गोमा पौड्याल र कार्यक्रमका संयोजक एवं नटिंघम समाजका अध्यक्ष प्रवीण पाण्डे ले मन्तव्यका क्रममा हरितालिका तीजले सांस्कृतिक तथा धार्मिक महत्व बोकेको चर्चा गर्दै शुभकामना दिनुभएको थियो ।
साँझ ४ बजेदेखि राती ११ बजेसम्म भव्य रूपमा चलेको सांस्कृतिक कार्यक्रमको संचालन समाजका पूर्व अध्यक्ष एंव
गायककार गंगा गौतमले गर्नु भएको थियो ।






