बेलायतको बर्मिङ्घममा तीज कार्यक्रम भब्यताका साथ सम्पन्न (भिडियो)

नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको कार्यक्रम २०१७ अगस्ट, २१ तारिक सोमबार का दिन बेलायतको बर्मिङ्घममा विविध कार्यक्रमका साथ भब्य रुपमा सम्पन्न भयो ।

हरेक बर्ष भन्दा केही फरक ढंगबाट आयोजित ”हरितालिका तीज कार्यक्रम” नेपालमा हालै आएको बाढी तथा डुबानमा परि घरबार बिहिन परिवारजनहरुको लागि थोरै मात्रामा भए पनि राहत पुर्याउने उदेश्यले गरिएको थियो | कार्यक्रममा ५०० भन्दा बढीको उपस्थिति रहेको थियो | कार्यक्रम शान्ति नेपाली समाज बेलायतका अधक्ष्य श्री कृष्ण ढकाल ज्यू को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम समाजका सचिव प्रकाश तिवारीले संचालन गरेका थिए|

पौराणिक कालदेखि चलिआएको नेपाली चेलीबेटीहरुको महानपर्ब तिजको अवसरमा समाजकी उपाध्यक्ष श्रीमती सित खरेल ले स्वागत मन्तब्य दिनुभएको थियो| साथै ऊहाले कार्यक्रमबाट बचत सम्पूर्ण रकम नेपालमा बाढीपिडितलाई उद्धार कार्यको लागि पठाउने जानकारी दिदै उपस्थित सम्पूर्ण वर्गहरुलाइ सक्दो सहयोग गरिदिनुहुन आग्रह गर्नु भएको थियो | कर्यक्रममा तीजका रंगी बिरंगी पोशाक र छड्के तिलरी लगाएर सजिएका नेपाली चेलीबेटीहरु तीजका गीतहरुमा कम्मर भाची भाची नाचगान गरेका थिए| कार्यक्रममा मनकामना महिला समुहको पनि तिज बिशेष प्रस्तुति पनि अतिनै रोचक थियो| कर्यक्रममा विभिन्न नेपाली स्वस्दिस्ट खानाका परिकारहरु को ब्यबस्था गरिएको थियो | साथै नेपाल देखि आउनुभएका बुवा, आमाहरुले ले बिदेशमा रहेर पनी तीज पर्वलाई यसरि मनाएको देख्दा आफुहरु धेरै खुशी भएको भावना ब्यक्त गर्नु भएको थियो | कार्यक्रम सुरु हुनु भन्दा अघि ज्ञात, अज्ञात शहिद तथा बाढी पहिरोमा परि ज्यान गुमाउनु भएका सबै मृतआत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो |

हामी नेपालीहरु प्रवासी भूमिमा जहाँ जसरी रहे पनि आपत बिपत र दुखका बेला सक्दो सहयोग गर्नु हामी सबैको मानवीय धर्म हो भन्ने कुरालाई जोड दिदै सहयोग संकलन कार्यक्रममा विभिन्न क्षेत्र तथा व्यवसायमा रहनुभएका महानुभाबहरुले सहयोग गर्नु भएको थियो | उक्त सहयोग संकलन अभियानमा धेरै राम्रो सहयोग मिलेको र उठेको आर्थिक संकलनलाई सम्बन्धित ठाउमा पुर्याउने र उक्त रकमले पिडितहरुलाई ठुलो राहत मिल्ने कुरा यस सस्थाका अधक्ष्य श्री कृष्ण ढकाल ले बताउनु भएको थियो | कार्यक्रम निकै हर्षोल्लासका साथ सम्पन्न भएको थियो | अन्त्यमा अधक्ष्य ढकालले कार्यक्रमलाई सफलता प्रदान गर्नु हुने सबैलाई बिशेष धन्यबाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो |