लन्डनमा तमु समाज यूके आमा समूहको तीज [भिडियो सहित]

लन्डन । तमु समाज यूके आमा समूहले गत शनिबार लन्डन हयारो बोरो फुटबल क्लबमा हरितालिका तीज कार्यक्रम गरेको छ।नारीहरुको महान पर्व तीजको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा लन्डन वरपरका नेपाली नारीहरु हर्ष र उल्लासमय वातावरणमा रमाए ।
तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङको अध्यक्षता र प्रमुख अतिथी राजदूत धर्मपत्नी श्रीमति पुनम राज्य लक्ष्मी सुवेदी एबम बिशेस अतिथि गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुंवरको आतिथ्यमा सम्पन्न तीज विशेष कार्यक्रमको सञ्चालन सहिन केसी गरकी थिइन।
तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङ, प्रमुख अतिथि श्रीमति पुनम राज्य लक्ष्मी सुवेदी गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुंवर, तमु समाज यूके उपाध्यक्ष बिजु गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको तीज बिशेष कार्यक्रममा हिलिङडन गोर्खा नेपलिज कम्युनिटी महिला समूह कि उपाध्यक्ष अन्जना गुरुङ लगायत अतिथी थिए ।थुप्रै संघ संस्थाका महिला प्रतिनिधि, समाजसेवी तथा नेपाली महिलाको उपस्थिति थियो ।
 
तीज कार्यक्रममा तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङले स्वागत मन्तब्य, आमा समूहकी मिरा गुरुङले धन्यवाद मन्तव्य र प्रमुख अतिथि श्रीमति पुनम राज्य लक्ष्मी सुवेदी सहित गैर आवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष शान्ति थापा कुंवरले तीजको शुभकामना दिए । कार्यक्रममा विभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफल ड्र, तीजको दर खाने, पिउने संगसंगै चाँद म्यूजिकको डिजेको तीज गीतमा सबैले छमछमी नाचेर मनोरन्जन लिए । 
यसैबीच सम्पन्न तिज कार्यक्रमबाट उठेको रकममध्ये खर्च कटाएर नेपालमा हालै गएको बाढी, पहिरो र डुबानपीडित परिवारजनलाई राहत उपलब्ध गराउने सहयोगमा जुटेको अध्यक्ष माया गुरुङले जानकारी दिइन् ।