लन्डन– बेलायत लेस्टरमा घर आगलागी हुँदा एक नेपाली परिवारको बिचल्ली भएको छ ।![13081789_10206248359956769_762750248_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/13081789_10206248359956769_762750248_n1.jpg)
लेस्टर अपर टिजबोर्न स्ट्रिटको ३० नम्बर घर जलेर मधुसुदन आचार्यको परिवार बिचल्लीमा परेको हो । सम्पूर्ण जिन्सी सामाग्री खरानी भएको आचार्यले जानकारी दिए । आचार्य परिवार अहिले छिमेकीको घरमा शरण लिइरहेको हो । आगलागीले भएका सम्पूर्ण लत्ता कपडा, आइप्याड, गरगहना, मोबाइल, पासपोर्ट, भिजा कार्ड लगायत जिन्सी सामान जलेको उनले बताए ।
आचार्य श्रीमती दुर्गा खनाल, छोरी प्रिन्सेस र छोरा प्रनिस आचार्यका साथ उक्त वान बेड रुम स्टुडियो फ्ल्याटमा बस्थे ।
बिहीबार दिउसो १२:५५ बजे फ्रिजको तापक्रम उच्च भएर आगलागी भएको हो । घरको इन्स्योरेन्स भएपछि सामानको इन्स्योरेन्स नहुँदा आचार्य परिवारले सहयोगको याचना गरेका छन् ।
नयाँ सामान किन्न बैंक ब्यालेन्स् पनि नभएको उल्लेख गर्दै आचार्यले लन्डन नेपाल न्यूज डट कमसँग भने, ‘मलाई आशा छ, नेपाली दाजुभाइ दिदीबहिनीहरुको साथ सहयोगले बिपत्ति टार्न सक्नेछु ।’
मकवानपुर हाँडी खोला गाविस ५ स्थायी निवासी आचार्य विगत ७ वर्षदेखि यूके बस्दै आएका थिए । उक्त फ्ल्याटमा भने एक वर्षअघिमात्रै सरेका हुन् ।
सहयोग जुट्न सुरु आगलागीबाट सम्पूर्ण जिन्सी सामाग्री खरानी भएको समाचार नेपाली अनलाइनबाट सार्वजनिक भएपछि सहयोग जुट्न सुरु भएको छ ।
एनआरएनए यूकेले कोषाध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । संघले आफ्नो वेलफेयर फण्डबाट ३०१ पाउण्ड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
हालसम्म गायक योगेश्वर अमात्यले ५ सय पाउण्ड, एनआरएनए यूके आईसीसी सदस्य कृष्ण तिमिल्सिनाले १०१, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ ५१, कोषाध्यक्ष श्रेष्ठ ५१, फोटो पत्रकार एभरेष्ट गौतम ५१, मोहन गुरुङ ५१ पाउण्ड, सूर्य गुरुङ ३०, राष्ट्र राई ३०, ज्योत्सना बस्नेत २१, रिता तामाङ २१, सुशीला राई २०, राजन खकुरेल २१, हिराधन राई २०, एनआरएनए यूके आईसीसी सदस्य संगिता मरहट्ठा २० पाउण्ड, फडिन्द्र भट्टराई ३० पाउण्ड, अर्जुन कटुवाल २० पाउण्ड र अन्यले समेत दिने प्रतिबद्धता जनाएका छन् ।![13113061_10154116258716197_783355695_o-1024x768[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/13113061_10154116258716197_783355695_o-1024x7681-1024x768.jpg)
आचार्य परिवारलाई सहयोग गरेर मानवीय भावना देखाउन इच्छुकले निम्न बैंक खातामा आर्थिक सहयोग गर्न सक्नेछन् । AC holder name : Mr. M. Acharya Bank name : Barclays Sort code : 20-72-17 Ac No: 83541169 सम्पर्क फोनः 07810068076 नवराज घिमिरे






