भूपू ब्रिटिस गोर्खा सैनिकको समस्या समाधानका लागि वार्ता समिति बन्ने

लण्डन । सरकारले भुपू ब्रिटिस गोर्खा सैनिकको समस्या समाधानका लागि वार्ता समिति बनाउने भएको छ ।

बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा वार्ता समिति बन्न लागेको हो ।

बुधबार नेपाल सकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्दै भूपू ब्रिटिस गोर्खाहरुको समस्या समाधानका विषयलाई प्रमुख प्राथमिकतामा राख्दै राजदुतको नेतृत्वमा वार्ता समिति गठन गर्न लागिएको जानकारी दिए ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागहरुका बारेमा बेलायत सरकारसगं वार्ता गर्नका लागि बेलायतका लागि नेपाली राजदुतको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्न लागिएको उनले बताए ।

‘भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागको बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न संयुक्त अधिराज्यका राजदूतको प्रतिनिधित्वमा नेपाली वार्ता कमिटीको गठन गर्ने निणर्य भएको छ उनले भने’ ।

बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरूले आफ्नो सेवा-सुविधालाई लिएर लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् ।

यस्तो छ मन्त्रीपरिषदले गरेको निर्णय