सगुन डट कमको मेगा लन्च लन्डनमा हुँदै

  • शिव भण्डारी

लन्डन– नेपालीहरुको लगानी रहेको ग्लोबल सोसल साइट सगुन डट कमको मेगा लन्च लन्डनमा हुने भएको छ । घोषणापछि दोस्रो चरणको लगानी लगानीको अवसर खुला हुनेछ ।

अगस्ट १८ तारिख शुक्रबार साँझ ६ बजे आसफोर्डमा मेगा लन्च गर्ने तयारी रहेको सगुनका यूरोप संयोजक सन्तोष घिमिरेले जानकारी दिए । कार्यक्रममा सहभागी हुन सगुनका सीईओ गोविन्द गिरी बेलायत आउनेभएका छन् ।

आसफोर्डपछि १९ तारिखमा अल्बर्टनमा, २० तारिख वुलवीचमा, २१ तारिख अल्डरसटमा, २२ तारिख बिहान ११ बजे लेस्टर र साँझ ६ बजे रेडिङमा कार्यक्रम हुनेछ ।


सगुन डट कमका यूके संयोजक युवराज सेढाईंले कार्यक्रममा सीईओ गिरीले कम्पनीको मिसन, भिजन र प्लानबारे जानकारी दिने जानकारी दिए ।

सगुन डट कम दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका थिए ।

सगुन तीन वर्षअघि अमेरिकामा स्थापना भएको सामाजिक सञ्जाल हो । गुगल नामक सामाजिक सञ्जालको प्रतिस्पर्धी रुपमा रहेको सो सञ्जाल नेपाली प्राविधिकको आफ्नै प्रयासबाट स्थापना भएको हो । करिब दुई लाख प्रयोगकर्ता रहेको सो सञ्जाल डेस्कटप र एपबाट प्रयोग गर्न सकिन्छ ।