विभिन्न राजनीतिक दलका नेताहरुले सहमतिका नाममा देशलाई अन्योल तथा यथास्थितिमा राख्न नहुनेमा जोड दिएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा दलहरुबीच सहमति कायम हुन नसकेको अवस्थामा संविधानसभाको नियमावलीअनुसार अघि बढनुपर्ने सुझाव उनीहरुले दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले सहमतिका लागि लामो समय प्रयत्न भएको भए पनि सङ्घीयतालगायतका विवादित विषयमा टुङ्गो लाग्न नसकेकाले प्रक्रियाको विकल्प नभएको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले एमाओवादी र मधेसवादी दलसँग वार्ता तथा सहमतिका लागि हदैसम्म लचकता अपनाएको भन्दै उनीहरु वार्तामा नआए आफूहरु दुई तिहाइका आधारमा भए पनि संविधान जारी गर्ने पक्षमा रहेको बताउनुभयो ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले एमाओवादीले जातीय पहिचानको अडान लिएको कारण मुलुकले संविधान नपाएको भन्दै अब छिट्टै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । एमाओवादीका नेता देवेन्द्र पौडेलले संविधानसभाबाटै संविधान बनाउनुपर्छ भनेर आन्दोलन गरेको बताउँदै आफूहरुले अहिले नै संविधानसभा नछाड्ने तर आगामी फागुन १६ गतेसम्म सहभागी पनि नहुने स्पष्ट पार्नुभयो ।
देशलाई यथास्थितिमा राख्न नहुने






