ओलीको मानसिक स्थिति परिक्षण गर्न माग

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मानसिक रुपमा असन्तुलन भएको भनी गम्भिर आरोप लगाएको छ । बुधबार सिंहदरबारमा बसेको मोर्चाले ओलीले गत शनिबार दिएको अभिब्यक्तिलाई खण्डन गर्दै ओलीको मानसिक स्थिति परिक्षण गर्न माग गरेको छ। साथै ओलिको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भए ओलिको अभिब्यक्तिको विषयमा उच्चतीरय छानविन आयोग गठन गरी सत्य सार्वजनकि गर्न पनि मोर्चाले माग गरेको छ ।
यसअघि ओलीले गत शनिबारे एमाओवादीलाई २ देखि १० अर्ब रुपैयाँ दिए अबरुद्ध संविधानसभा खुल्ने दाबी गरेका थिए । ओलीले पार्टी केन्द्रीय कार्यालयमा शनिबार यस्तो भनेका थिए ‘यसअघि पनि व्यस्थापीका संसद रोकिएको थियो, माओवदीलाई रोकिएको संसद खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुलेको थियो, अहिले अबरुद्ध संविधानसभा ५ देखि १० अर्ब दिन्छु भने खुल्छ ।’