देवी ज्ञवाली भन्छन्, ‘दुर्भाग्यपूर्ण फैसला’

काठमाडौं– भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार देवी ज्ञवालीले सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

भरतपुर १९ मा पुन: मतदान गर्ने सर्वोच्चको फैसलालगत्तै ज्ञवालीले आफूले कल्पना नगरेको फैसला आएको बताए । ‘नेपालको इतिहासमा स्वतन्त्र न्यायपालिकामाथि राज्यसत्ताको हस्तक्षेपको दृष्टान्तको रुपमा मैले लिएको छु । यो हामी जस्ता लोकतन्त्र र न्यायका लागि लडेका नागरिकका लागि अन्यन्तै दुःखद फैसला हो । न्यायपालिकाको इतिहासमा राज्यसत्ताको हस्तक्षेप भएको प्रमाणको रुपमा मैले लिएको छु,’ उनले लन्डन नेपाल न्यूज डट कमसँग भने ।

ज्ञवालीले आफूलाई जनताले मतदान गरेर जिताउने अपेक्षा गरेका छन् । ‘अन्तिम फैसलाकर्ता भनेका जनता हुन्, म जनताको अदालतमा पुन: दृढतापूर्वक जान्छु । जनताको जनादेशबाट पूर्ण प्रमाणित भएर आउन चाहन्छु । मलाई विश्वास छ, भरतपुर १९ नम्बरका जनताले न्यायपूर्ण निर्णय गर्नुहुनेछ,’ उनले भने ।