मधेसी दल पनि जोड घटाउमा

काठमाडौं- निर्वाचनको मौन अवधिमा मधेस केन्द्रित नेताहरु आ-आफ्नै दाउमा लागेका छन् ।

मौन अवधिमा केही नेताहरुले जिल्ला जिल्लामा संगठन बनाउँदै हिडेको पाइएको छ ।

विजय कुमार गच्छेदार सोमबार विराटनगरमा असन्तुष्ट नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त रहेका छन् ।

आइतबार राजपाका शीर्ष नेता २ नम्बर प्रदेशको जिल्ला सप्तरी राजविराजमा पार्टी प्रवे कार्यक्रममा सहभागी भएका थिए । सोमबार भने मौन नै रहे ।

राजपाले राजविराजदेखि पर्सासम्म यस अवधिमा संगठन निर्माण कार्य गरेको छ ।