महिलाको मित्रवत व्यवहारलाई पुरुषले सेक्स संकेतको रुपमा बुझ्छन

लण्डन । के तपाई पनि कुनै बेला यस्तो परिस्थितिबाट गुज्रनु भएको छ, जब तपाईको मित्रवत व्यवहारलाई सेक्स इच्छा व्यक्त गरेको रुपमा लिइएको होस्, या त्यसविपरीत ?
लोमो समयदेखि चलिरहेको संचारको यो समस्यासँग सम्बन्धित समस्या शोधकर्ताहरुले समाधान गरेका छन् ।think-sex
एउटा निकै रोचक अध्ययनमा अधिकांश महिलाहरुले आफ्ना पुरुष साथीले आफ्नो मित्रवत व्यवहारलाई सेक्स संकेतको रुपमा लिने गरेको बताएका हुन् । त्यसविपरीत अधिकांश महिला पुरुषको सेक्स संकेतलाई मित्रता ठान्ने गर्दछन् ।
नर्वे विज्ञान एवं प्रौद्योगिकी विश्वविदालय (एनटीएनयू)का शोधकर्ता मोन्स बेंडिक्जेनले भने–यदि विकासको दृष्टिले हेर्ने हो भने शोधको परिणाम आश्चर्यजनक छैन ।
शोधकर्ताहरुले ३०८ जना सहभागीमा यो अध्ययन गरेका थिए । जसको उमेर १८ देखि ३० वर्ष थियो । सहभागीमध्ये ५८ प्रतिशत महिला थिए । शोधका अनुसार पुरुष र महिलाहरुले पाए कि उनीहरुको विपरीत लिंगी साथीले उनीहरुको सन्देशको गलत अर्थ निकालेका थिए ।
शोध पत्रिका ‘इभोल्युशनरी साइकोलजी’ मा प्रकाशित शोधका अनुसार महिला सहभागीहरुले भने कि उनीहरुले जब आफ्नो कुनै पुरुष साथीप्रति मित्रवत व्यवहार दर्शाए तब गत एक वर्षका क्रममा करिब ३.५ पटक यसलाई सेक्सप्रतिको इच्छासम्बन्धी अर्थ निकालियो । पुरुषहरुले पनि महिलाहरुमा यस्तै प्रकारको समस्या बताए । यद्यपि पुरुषका मामिलामा यो प्रतिशत कम थियो ।
शोधकर्ताहरुका अनुसार यदि विकासवादी मनोविज्ञानको दृष्टिबाट हेर्ने हो भने यसलाई बढी सही ढंगबाट बुझ्न सकिन्छ कि पुरुष अक्सर किन कुराकानीका क्रममा महिला साथीको मुस्कुराउनु हाँस्नुजस्ता व्यवहारलाई सेक्स इच्छाका रुपमा लिने गर्दछन् ।
बेंडिक्जेनले यस विषयमा स्पष्ट पार्दै भने–एक पुरुषको सन्तानोत्पत्तिको क्षमता यस कुरामा निर्भर गर्दछ कि उन कति महिलालाई गर्भवती गराउने क्षमता राख्दछ । तर, महिलाहरुको मामिलामा यस्तो हुँदैन ।
एक महिला एउटा छोटो अवधिमा कयौ पुरुषसँग बच्चा उत्पादन नगरी सेक्स सम्बन्ध स्थापित गर्न सक्दछन् । यसरी पुरुषका लागि सेक्ससम्बन्धी मामिला कम जोखिमपूर्ण बन्ने गर्दछ । कुनै महिलाका साथ सेक्स उसका लागि कुनै अवसरजस्तो हुन्छ ।
अर्कातिर महिलाहरुका लागि यसप्रकारको सम्बन्ध अधिक जोखिमपूर्ण हुन्छ । किनभने उनका सामु यसबाट गर्भवती हुने, बच्चा जन्मने, त्यसको पालनपोषण गर्नेजस्ता जोखिम हुन्छ । एजेन्सी