बेलायतमा भूपू गोर्खाको अर्को सफलता, ४७ वर्षे सन्तानलाई पनि आवासीय अधिकार

लन्डन– अधिकारकारका लागि बेलायत सरकारविरुद्ध लड्दै आएका भूपू गोर्खालीलाई अर्को सफलता हात परेको छ । ३० वर्ष  मुनिका गोर्खा सन्तानले मात्रै आवासीय अधिकार पाइरहेकाबेला बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खाका एक ४७ वर्षे सन्तानले बेलायतको आवासीय अधिकार प्राप्त गरेका छन् ।Reading 006

बेलायतको रेडिंगनिवासी भूपू गोर्खा बिर्खबहादुर राईका छोरा अशोकले बेलायतको आवासीय अधिकार पाएका हुन् । गोर्खा सत्याग्रह संघर्ष समितिका अभियानता ज्ञानराज राईले जानकारी दिए । राईले भूपू गोर्खाका लागि अर्को एक नयाँ सफलता प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेका छन् । गत वर्ष नेपालबाट उनले गरेको आवेदन पहिलोपटक नै स्वीकृत भएको गोर्खा सत्याग्रह संघर्ष समितिका सहसंयोजक सूर्य नेम्वाङले जानकारी दिएका हुन् ।

यसअघि बढीमा ४३ वर्ष उमेरसम्मका सन्तानले मात्रै आवासीय अधिकार प्राप्त गरेका थिए । पछिल्लो समय ३० वर्षमाथिका गोर्खा विधवाका सन्तानहरुको आवेदन पनि स्वीकृत भइरहेकाबेला ४६ वर्ष उमेरमा नेपालबाट आवेदन गरेका राईको आवेदन स्वीकृत भएको पहिलोपटक हो । गोर्खा सत्याग्रह संघर्ष समितिका अभियानता ज्ञानराज राई र सहसंयोजक सूर्य नेम्वाङले भूपू गोर्खा नागरिकलाई प्राप्त सफलतामा खुसी व्यक्त गरेका छन् । उनीहरुले यस सफलतामा कानुनी भूमिका निर्वाह गर्ने ‘एभरेस्ट ल’का प्रिन्सिपल सोलिसिटर राजु थापालाई धन्यवाद दिएका छन् ।

गोर्खा सैनिकका मुद्धामा लामो समयदेखि संलग्न रहेका थापाले पनि आफूले पाएको सफलतामा सन्तोष व्यक्त गर्दै यसमा ब्यारिष्टर सिराज अहमदको पनि उल्लेखनीय भूमिका रहेको बताए। ४७ वर्षे भूपू गोर्खाका सन्तानलाई पनि आवासीय अधिकार प्राप्त भएकोमा खुसी लागेको छ, थापाले लन्डन नेपाल न्यूज डट कमसँग भने, ‘लामो समयको निरन्तरको मिहिनेतले यो सफलता प्राप्त भएको हो ।pr