माइक्रोबस र बस ठोक्किँदा १५ यात्री घाइते

तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा शुक्रबार माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ६०६२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८७५९ नम्बरको बस एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।