तस्विरः जीवन सेन
लण्डन|साउथ इस्ट रिजनल तमुधि लन्डन र नेपाली युथ येसोसिएसनले संयुक्त रूपमा सन्चालन गर्न लागेको पाँचौ ग्रीनविच कप आगमी अगस्त २ मा रोयल आर्टिलरि ब्यरेकमा सप्पन्न हुन गइरहेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनविच कपको तयारीका बारेमा बिस्तृत जानकारी दिदै उक्त प्रतियोगिताम भलिबल प्रतियोगिता पनि समबेश गरिने ग्रीनविच कपका संयोजक साइरल गुरुङ र सुमन गुरुङले बाताउनु भयो।प्रथम हुने ग्रुपलाई १५०० पाउन्ड पुरस्कारको वेवास्त गरिएको छ।
नेपाली युथ एसोसिअएसन युकेका अध्यक्ष हरि गुरुङको भनाइ अनुसार यो प्रतियोगिता सबै बर्गको लागि भएको र यस्ता प्रतियोगिताले प्रतिभासाली युवाहरूलाई अवसर प्रदान गर्नकै बताउनुभयो।ग्रीनविच क्लबले सन् २०११ मा सुरुवात गरेको यो प्रतियोगिता हाल नेपाली युथ एसोसिएसनले साउथ इस्ट रिजनल तमुधी लन्डनसंग मिलेर सन्चालन गर्ने गरेको छ।






