भारत पाकिस्तान तनावले सार्क शिखर सम्मेलन नहुने

काठमाडौं – नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ ।

भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो ।

कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको छ ।

भारत नियन्त्रित कास्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत पाकिस्तान सम्बन्ध थप कटुतापूर्ण बनेको छ ।

भारतले उक्त आतंककारी हमलामा पाकिस्तानको हात रहेको बताएको छ भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।

सार्ककका महत्वपूर्ण दुई सदस्य मुलुकबीच बढ्दो तनावले सम्मेलन तोकिएको मितिमा नहुने भएको हो ।