सुजाता सभापतिमा उम्मेदवारी नदिने, पौडेललाई समर्थन

Sujata-Koiralaकाठमाडौं- काग्रेसको १३ औ महाधिवेशनमा नयाँ नेतृत्वकोलागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी सुजाता कोइरालाले उम्मेदवारी दर्ता नगर्ने भएकी छन् । उनले कार्यबाहक सभापति रामचन्द्र पौडेललाई समर्थन गर्नेृ भएकी छन् ।

पौडेल र नेतृ कोइरालावीच साझा उम्मेदवारीको विषयमा तीन बुँदे सहमति भएपछि उनले समर्थन गर्ने पक्का भएको छ । आजै उनले पौडेललाई समर्थन गरेका जानकारी गराउने तयारी भएको छ ।

अब महाधिवेसनमा सभापतिका लागि त्रिपक्षीय भिडन्त मात्रै हुने भएको छ ।