एनआरएन यूके कोषाध्यक्षमा सचिन श्रेष्ठको उम्मेदवारी

लन्डन– एनआरएन यूकेको कोषाध्यक्षमा सचिन श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हेल्प नेपाल नेटवर्क यूकेमा १० वर्षदेखि कार्यरत श्रेष्ठले आफूले पाएको ज्ञान संस्थामा लगानी गर्ने बताए । उनी पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

आफ्नो व्यक्तिगत दक्षता र अनुभवलाई एनआरएनको माध्यमबाट समुदायको हितमा सदुपयोग गर्ने उद्देश्यले उम्मेद्वारी दिन लागेको उनले बताएका छन् ।

सन् २००० देखि बेलायत बस्दै आएका श्रेष्ठ सुरुदेखि नै एनआरएन यूकेमा आबद्ध छन् ।