काठमाडौं– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटको सुनुवाई मंगलबार हुँदैछ ।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाई मंगलबारका लागि राखेको हो । सोमबार न्यायाधीस चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासले मुद्दाको सुनुवाई गरेका थिए । तर, सोमबार समयअभावका कारण हेर्दाहेर्दैमा राखेर आजका लागि सारिएको हो ।
शर्माका श्रीमती कल्पना उप्रेतिले गत मंगलबार विशेष अदालतलाई विपक्षी बनाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाईको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । विशेष अदालतले शर्मालाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शर्मा अहिले थुनामा छन् ।
शर्माले व्यापारिक फर्मलाई करोडौ राजश्व छुट दिएको अख्तियारको दावी छ ।






