काठमाडौं– नेकपा एमालेको स्थायी समिति बैठक आईतबार बस्दैछ । दिउँसो १ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने बैठकमा समसामयीक राजनीतिक विषय र स्थानीय निर्वाचनको समिक्षा हुने स्थायी समिति सदस्य किरण गुरुङले जानकारी दिएका छन् ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेमा घात अन्र्तघातका कारण सोचेजति सफलता नमिलेको एमालेको प्रारम्भिक निश्कर्ष रहेको छ । निर्वाचन नतिजापछि एमाले अध्यक्ष केपी ओलीले एमाले भएर एमालेलाई भोट नहाल्दा धेरै ठाउँमा हार व्यहोर्नु परेको बताउदै आएका छन् ।
यसैवीच निर्वाचनपछि एमालेको एक समुहले अर्को समुहलाई हार्नुको आरोप लगाउन थालेका छन् । माधब नेपाल समुहका एक केन्द्रीय नेताले टिकट बितरण गर्दा नै एक पक्षिय भएकाले हार व्यहर्नु परेको बताए । तर, ओली समुह भने नेपाल समुहको आरोप मान्न तयार छै्रन । ओली निकट स्थायी समितिका एक सदस्यले भने ‘टिकट दिएपछि सबै एमालेका उम्मेदार भएपनि केहि ठाउँमा पार्टीको आन्तरिक कारणले पराजय भोग्नु प¥यो ।’
यसअघि असार २७ गते बसेको एमाले स्थायी समिति बैठकले १५ दिनभित्र सबै जिल्ला समितिलाई हार्नुको कारणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।






