काठमाडौं– पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर पनि उपत्यकामा खानेपानी बिक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको छैन।
सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण वर्षेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको शिकार बन्दै छन्।
उपत्यकामा खानेपानी प्रदुषित भएकै कारण जुनसुकै समय हरेक खालका नयाँ नयाँ रोगको त्रास फेलले गरेको विशेषज्ञहरूको ठम्याइ छ। हाल काठमाडौंमा वितरण भइरहेको पानीमा स्वास्थ्यमा प्रतिकुल असर पार्ने ब्याक्टेरिया ७० प्रतिशतभन्दा बढी फेला परेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।






