नेपाली फिल्मको निर्देशन गर्ने मनीषाको घोषणा

manisha koiralaनेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली फिल्म निर्माण तथा निर्देशन गर्ने उद्‍घोष गरेकी छिन् । विशेष कार्यक्रमको लागी मुम्बईबाट काठमाडौं आएकी मनिषाले अन्तर्राष्ट्रिय स्तरको नेपाली फिल्म बनाउने बोलेकी हुन् ।

‘म नेपाली फिल्म उद्योगसँग राम्रोसँग अपडेट छु, अहिले नेपाली दर्शकले कस्तो फिल्म चाहन्छन्, त्यो बारे ज्ञात छ,’ मनिषाले भनिन्, ‘दर्शकले खोजे अनुसारको अनि अन्तर्राष्ट्रिय लेभलको नेपाली सिनेमा मेरो पहिलो प्राथमिकता हुनेछ।’ स्कृप्ट तय भइसकेको भनिएको उनको फिल्मको कथाबस्तु तथा कलाकारको बारेमा छिट्टै नै स्टेट्मेण्ट आउने उनको भनाई छ ।

आफ्नो फिल्म नेपाली तथा अंग्रेजी दुबै भाषामा तयार गर्ने पनि उनले बोलेकी छिन् । पछिल्लो पटक मनिषा अभिनेता राजेश हमालसँगको रोमान्समा नेपाली फिल्ममा देखिएकी थिइन् ।