काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको लमो समय बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन ।
कांग्रेसमा मन्त्री नियुक्त गर्दा हैसियतदार मन्त्रालय गुटगत रुपमा भागबण्डा गर्नु पर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अड्डी कसेपछि प्रधानमन्त्री देउवाले विवाद मिलाउन सकेका छैनन् । कुन कुन मन्त्रालय आफ्नो पक्षले पाउने हो त्यो किटानी नभई नाम मात्र छनौट गरेर नपठाउने पौडेल पक्षले वताएको छ ।
बुधवार महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकले यसअघिको जस्तो पेलेर जान खोजे छाडिएका मन्त्रालयमा नाम मात्रैका मन्त्री मात्रै हुन नजाने निश्कर्ष निकालेको थियो । कोइराला निवासबाट प्रधानमन्त्री देउवासँग बैठकका बेला समेत सोही विषयमा टेलिफोन सम्बाद भएको थियो ।






