गुल्मीमा विपीको स्मृति दिवसको अवसरमा वृक्षरोपण

cfkm"n] cWofkg u/]sf] Onfdsf] dx]Gb| /Tg ax'd'vL SofDk;sf] k|fªu0fdf j[Iff/f]k0f ub{} g]kfnL sfªu|];sf s]lGb|o ;b:o tyf ;+ljwfg ;efsf h]i7 ;efifb s'naxfb'/ u'?ª . tl:a/ M uf]ljGb nfld5fg], Onfd–/f;;

गुल्मी, ७ साउन । विपी कोइरालाको ३३औँ स्मृति दिवसको अवसर पारी नेपाली काँग्रेस गाउँ कार्यसमिति वामीद्वारा प्रहरी चौकीको परिसरमा हिजो यहाँ २० भन्दा बढी प्रकारका बिरुवा वृक्षरोपण गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मी क्षेत्र नं ३ का क्षेत्रीय सभापति दामोदर भुषालले वृक्षले वातावरणीय पर्यावरण कायम गर्दैै वातावरण सन्तुलनमा ठूलो टेवा पुग्ने बताउनुभयो । नेपाली काँग्रेस गाउँ कार्यसमिति वामीका सभापति कृष्णहरि सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा वक्ताले विपी कोइरालाको योगदानबारे चर्चा गरिएको थियो ।