काठमाडौँ– दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेको अग्रता कायमै रहेको छ । पहिलो चरणमा जस्तै नेकपा एमालेले यसपटक पनि शतक पुर्याउने पहिलो पार्टी बनेको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले १०१ स्थानमा जीत हासिल गरेको छ । यसमध्ये एमालेले २२ वटा नगरपालिका र ७९ वटा गाउँपालिकामा जीत हासिल गरेको छ ।
नेपाली काङग्रेस ९१ स्थानसहित दोस्रो स्थानमा रहेको छ भने माओवादी ३१ स्थानमा जीत सहित तेस्रो स्थानमा रहेको छ ।







