पत्रकार महासंघ यूके शाखाको बैठक सम्पन्न

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको वैठक सम्पन्न भएको छ । लण्डनस्थित उषामन्टिजमा शाखाका  अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षता शनिबार सम्पन्न बैठकमा  मे २१ मा सम्पन्न च्यारिटी डिनरको बारेमा समीक्षा गरेको छ । साथै कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सबै संघसंस्था व्यक्ति व्यक्तित्व, प्रायोजकहरु सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।filam 2017 016

महासचिव लीलामान शेरपुञ्जाको संचालनमा भएको बैठकमा च्यारिटीबाट ३२,७४९.९९ पाउण्ड आम्दानी र ९,००५.३३ पाउण्ड खर्च र उठ्न बाँकी ४,३८० पाउण्ड रहेको जानकारी दिइयो । बैठकले च्यारीटीको लागि बोलेका सहयोग दाताहरुलाई उठ्न बाँकी रहेको राशीलाई जुलाई महिनाभित्रमा शाखाको खातामा जम्मा गर्न आग्रह गरेको छ ।

संकलित रकमलाई च्यारिटी कमिसनमा संस्था दर्ता गराई बेग्लै बैँक खातामा मौज्दात राख्ने निर्णय बैठकले गरेको छे । च्यारिटी दर्ता प्रयोजनका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई जिम्मा दिइयो भने लेखापरीक्षकमा जीएनएस एसोसिएटसका एलएन घिमिरेलाई नियुक्त गर्ने निर्णय भएको छ ।

 यसै बीच बैठकले च्यारिटी कोष संचालनका लागि सूर्य गुरुङको संयोजकत्व र शाखाका अध्यक्ष सदस्यसचिव रहनेगरी एक संचालक समिति गठन गर्ने र सो समितिमा डा. राघवप्रसाद धिताल र सल्लाहकार भगिरथ योगीलाई नियुक्त गरेको छ । यस्तै, च्यारिटी फण्ड संचालन विधी निमार्ण गर्ने भन्ने बारेमा नियमावली मस्यौदा बनाउन सल्लाहकार भगिरथ योगीलाई जिम्मा दिने निर्णय गरिएको छ ।
शाखाका सदस्यहरुको क्रियाशीलताको अभिलेख राख्न कार्यसम्पादनको आन्तरिक लेखापरीक्षण गर्ने निर्णय गरिएको छ । सोको लागि वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलको संयोजकत्वमा उपाध्यक्ष ध्रुव अर्याल, महासचिव लीलामान शेरपुञ्जा, सचिव शिव भण्डारी र कोषाध्यक्ष पूर्ण गुरुङ रहेको एक समिति गठन गरिएको छ ।19554096_1865648547089190_7775503913718429874_n-770x450
शाखाले एनआरएन युकेसित मिलेर स्थापना गरेको एनआरएन पत्रकारिता कोषको संचालनमा अपनत्व खड्किएको निस्कर्ष निकाल्दै सोको प्रभावकारी व्यवस्थापन र कार्यान्वयनका लागि एनआरएन युकेसित छलफल गर्ने निर्णय भएको छ ।
बैठकले अग्रज पत्रकारहरुको सम्मान कार्यक्रमका लागि संयोजक ध्रुव अर्याललाई तोकेको छ । युरोपस्तरिय नेपाली पत्रकार भेलाका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई संयोजक तोकिएको छ भने बेलायती संसद भ्रमणका लागि सल्लाहकार नविन पोखरेललाई संयोजक तोकिएको छ ।
बैठकले शाखाका सदस्य सुजन पराजुलीका पिता शालिग्राम पराजुलीको असामयिक निधन भएकोमा स्वर्गीय पराजुलीप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै एक शोक प्रस्ताव पारित गरेको छ ।