युक्रेनमा दुई बेलायती नागरिकलाई मृत्युदण्डको सजाय

लण्डन । युक्रेनमा दुई बेलायती नागरिकलाई मृत्युदण्डको सजाय सुनाईएको छ ।

युक्रेनमा रुसी आक्रमणविरुद्ध लड्न जाँदा रुसी सेनाद्वारा पक्राउ परेका २८ वर्षीय आइडेन अस्लिन र ४८ वर्षीय साउन पिनरलाई मुत्युदण्डको सजाय सुनाईएको हो ।

भाडाको सिपाहीको आरोप लगाईएको उनीहरुलाई युक्रेनबाट अलग्गिएको दाबी गरेको दोन्सत्क पिपल्स रिपब्लिकको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

युक्रेनको मारियोपुल इलाकाबाट अप्रिल महिनामा रुसी सेनाद्धारा उनीहरु पक्राउ परेका थिए । रुसी सञ्चारसंस्था इन्टरफ्याक्सका अनुसार उनीहरुमाथि सत्ता हत्याउने प्रयास गरेको साथै दोन्सत्कको संवैधानिक संरचना फाल्न खोजेको आरोप लगाइएको छ ।

स्काइ न्युजका अनुसार अस्लिनले अनुसन्धानमा सहयोग गरेको तथा आत्मसमर्पण समेत गरेको हुनाले न्यायपूणर् फैसला हुने अपेक्षा गरेको बताएका छन् । उनले यसभन्दा फरक सजायको अपेक्षा गरेको भन्दै भगवानले समय आएपछि आफ्नो कार्यको मूल्यांकन गर्ने धारणा व्यक्त गरे ।

समाचार संस्थाहरुका अनुसार उनीहरुलाई अपील गर्न एक महिनाको समय दिइएको छ । युक्रेनमै पक्राउ परेका अर्का बेलायती नागरिक आन्ड्रयू हिलका बारेमा सजाय सुनाउन बाँकी छ । बेलायतले तथाकथित अदालतले भने सजायको आलोचना गरेका छन् ।